ढिलो चाडो बार्सिलोनामै फर्कने चाहाना छ: लियोनेल मेस्सी

पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले फेरी बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् ।

केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजीमा अनुबन्धित भएका उनले प्राविधिक सचिवको रुपमा पुन फर्किने इच्छा ब्यक्त गरेका हुन् ।

उनले एक कुराकानीमा भनेका छन्, ‘बार्सिलोनालाई म मायाँ गर्छु। उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’

उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । बार्सिलोना छोड्नेबेला निर्क भावुक बनेका मेस्सीले ढिलाचाडा बार्सिलानामै गएर सहयो गर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘बार्सिलोना गएर क्लबको व्यवस्थापन टिममा रहने चाहना छ। ‘मैले सधैं पनि भनेको थिएँ । म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु।