काठमाडौं, कार्तिक १५
अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको घर मन्नतमा पुनः एकपटक खुशीको दियोले प्रकाश छरेको छ । उनीहरुका छोरा आर्यन खान केही साताको आर्थर रोड जेलको बसाई पछि घर फर्किएका छन् ।
पछिल्लो केही हप्ता शाहरुख र उनको परिवारका लागि त्यो समय निकै तनावपूर्ण समय थियो । उनीहरुले आफ्ना साथीभाईहरुलाई आर्यन खान रिहा नहुञ्जेलसम्म मन्नतमा नआउन लाई समेत आग्रह गरेका थिए । अब भने सबैका लागि मन्नतको ढोका खुला भएको छ ।
शाहरुख र गौरीलाई आर्यनलाई सुरक्षित रुपमा मिडियाबाट सकेसम्म टाढा राख्नका लागि सबै कदम उठाएका छन् । आर्यनका लागि बितेको २८ दिन निकै कष्टपूर्ण थियो । त्यसकारण उनलाई अब शाहरुख र गौरी केही राहत दिन चाहन्छन् । आर्यनका लागी कोलाहलबाट केही समय बाहिरिन चाहान्छन् आर्यनलाई धरै कुरामा शान्त पार्न खोजीरहेका छन ।
आर्यन जमानतमा रिहा भए पनि उनी अदालतको अनुमति बिना मुम्बईबाट बाहिर जान पाउदैनन् । उनले आफ्नो पासपोर्ट पनि अदातलमा बुझाउनुपर्नेछ ।
समाचारअनुसार दिपावलीपछि आर्यन मन्नतबाट टाढिदैछन् । आर्यन आफ्नो अलिबागवाला फार्महाउसमा नै बस्नेछन् । शाहरुखले आर्यनलाई केहीसमय शान्त वातावरणमा राख्नका लागि फार्महाउस रोजेका हुन् ।
एजेन्सिको सहयोगमा