नगद २० लाख सहित हुण्डी कारोबार गर्ने चन्दनकुमार शाह प्रकाउ

कार्तिक, २३ वीरगंजःपर्सा प्रहरीले हुन्डी कारोबार गरेको अभियोगमा एक जना हुन्डी व्यपसायीलाई पक्राउ गरेको छ ।

सोमवार बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साहलाई नगद सहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी गराए।

उनका अनुसार पूर्व सूचनाको अधारमा हिजो दिउँसो साढे १ बजे वीरगंज घण्टा घरबाट आदर्शनगर जादै गरेको ना.४८ प.७६९१ नम्बरको मोटरसाइकल लाई खान तलासी गर्दा उनले बोकेको झोलाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

उनी माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।