बन्दकर्ताद्धारा ललितपुरमा साझा बसमा तोडफोड 

कार्तिक ३०, काठमाडौं : बन्दकर्ताहरूले ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा ५ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ ।

बन्दको अबज्ञा गर्दै गाडि चलाएको भन्दै बन्द कर्ताले बसमा तोडफोड गरेका हुन, घटना स्थल नजिकै प्रहरि तैनाथ रहेकोले ठुलो क्षति हुन नपाएको प्रहरिले जानकारि दिएको छ , बिहान पख बन्द पूर्णमा रहेतापनी दिउँसो भने अवस्था सामान्य बन्दै गएको छ ।

लामो दुरीमा आवात जावत गर्ने सवारि साधन र सार्वजनिक यातायात खासै नचलेपनि साना गाडि र आपतकालिन गाडि भने संचालन भैरहेको छ ।