प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौं मंसिर १७ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत सोमबार कोरोना भाइरस संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिन अर्थात् शुक्रबार डिस्चार्ज भएको उपचारारत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९

निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ,’ सम्माननीय ज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।
प्रधानन्यायाधीश केहि दिनको आराम सकिए लगत्तै काममा फर्किने कुरा बताएका छन ।