चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो ।
कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा आजको मिति सम्म पनि नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ ।
अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएको जनाउदै विभागले खारेज गरेको हो ।
चौधरी ग्रुप अन्तर्गत सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालि स्थापना भएको थियो ।