धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक १२.९६ अंकले बढेर दुई हजार ६८५.५४ विन्दुमा पुगेको छ ।
शुक्रबार विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ । यस्तै, १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन् ।
शुक्रबार १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी बोर्टलर्स नेपाल (तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४७०.१३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अंकले बढेर १८४.५९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक ०.७७ अंकले बढेर १५९.४८ मा पुगेको छ ।

















