प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं ,  २०८३ साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुनसरी र मधेसका विभिन्न जिल्लाहरूमा हिंसात्मक गतिविधि बढेको विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
उनले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी जान निर्देशन दिइसकेका छन्।
गृहमन्त्री सुनसरी पुगेर त्यहाँको वस्तुस्थिति बुझेसँगै प्रधानमन्त्रीको सम्बोधन आउने उनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।