मंसिर २१ : साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री हुने जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।