मंसिर २१ :
प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्ताव गरेको १६.६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
बैंकले साधारणसभा तथा लाभांश पारित प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ ।
त्यसकारण आज मंगलबारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
सेयरधनीहरुलाई बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो ।