मंसिर : २४ नेकपा (एकीकृत समाजवादी )पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजतन्त्र पुनर्स्थापना हुन नसक्ने उल्लेख गर्दै राजालाई नयाँ पार्टी खोल्न सुझाव दिएका छन् । पछिल्लो समय राजा सल्बलाएको भन्दै राजनिति नै गर्ने भए नयाँ पार्टी खोलेर राजनिति गर्न सुझाव दिएका छन ।
नेपालको राजनीतिमा कालो बादल मडारिरहेको छ । अब नदीको प्रवाह अगाडि बढिसकेको छ । त्यो पछाडि जान सक्दैन । नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरूनु उनले भने, राम्रो के हुन्छ भने राजाले पनि एउटा नया पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार खोलेर बसे हुन्छ ।
१६ वर्षअघि राजतन्त्र कि गणतन्त्र भन्ने एजेन्डा भए पनि गणतन्त्रको एजेन्डामा अगाडि बढिसकिएको बताए । उनले राष्ट्रियता दलहरूले बचाउने बताए । तर, राज्यसत्तामा विकृति भइरहेको र जसलाई टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ ।
यसअघि सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनस्र्थापित गर्नुपर्ने प्रस्ताव गरेका थिए ।