मंसिर २६ : नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा परिचय बनाएका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन ।
नपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उनले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गरेका छन् ।
‘मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा त्यो पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम सूचीबाट हटाइ दिनुहुन यो लिखित निवेदन पेस गरेको छु,’ विश्वकर्माले लेखेका छन ।
विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा आफू नपरे पछि उनले असन्तुष्टि जनाउँदै आएका छन । विश्वकर्माले खुल्ला दलिततर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
यस्तै, उनले अब आफू सभापति देउवाको समर्थनमा रहने पनि बताएका छन साथै सभापतीमा समेत ५ जनाको उमेद्धवारी फिर्ताको निमिक्त एक घण्टा समय थप गरिएको छ ।