एमसीसीबारे बाबुराम भट्टराईको भनाइ सुनेर छक्क परे : प्रचण्ड

पौस ११:

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराइले एमसीसीबारे पछिल्लो पटक दिएको अभिव्यक्तिले छक्क परेको बताएका छन्।

देशब्यापी रुपमा विरोध भएको एमसिसी विषयक विषयमा नेकपा माओवादी केन्द्रको आधिकारिक धारणा नआईरहदा प्रचण्डमाथी प्रश्न माथी प्रश्न थुपरिएको छ , यो भन्दा अगाडि लगभग एमसिसीको पक्षमा देखिएका प्रचण्ड पछिल्लो भने केही बुदाहरु फेरबदल गरेर जाने बताएका छन ।

यसैविच शनिबार सम्पादकहरूसँग को छलफलमा प्रचण्डले भने, ‘एक महिनाअघि बाबुरामजीले लिएको अडान यथास्थितिमा अघि नबढाउने भन्ने नै थियो , तर पछिल्लो अभिव्यक्ति उहाँका निकै फरक सुने म त छक्क परेको छु।