माघ १२ : जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् ।
बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा.सतिस साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ ।
प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको बताइएको छ।