माघ १७ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा बिहानदेखि घाम लागिरहेको छ। आज बिहान काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो। बिहानै देखि लागेको बाक्लो हुस्सु र कुहिरो हटेसँगै उपत्यकाबासीले तातो महशुस गरेका छन्।
महाशाखाका अनुसार आज प्रदेश १ ,बागमती प्रदेश गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
देशभर चिसो बढेकाले महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।