जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : प्रधानमन्त्री देउवा

माघ १८:  चुनाव कहिले हुन्छ ? कति समय पर सर्छ ? जस्ता एकाध प्रश्न जन्मिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् ।

सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटघाटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन सम्भव हुने बताएका हुन् ।

सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ ।

उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठको भनाई छ ।

उनका अनुसार ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ ।