माघ १९: नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक तथा बागलुङका पत्रकार विदुर खड्काको निधन भएको छ ।
मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको मंगलबार बिहान ७९ वर्षको उमेरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थालेका खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रशासन गरेका थिए ।
उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक चलाएपछि धौलाश्री अनलाइन हालसम्म प्रकाशनमा छ । खड्का धौलाश्री अनलाइनका प्रधानसम्पादकसमेत हुन् ।
राजाको प्रत्यक्ष शासनकालमा उनी एकपटक मनोनित बागलुङ नगरप्रमुख भएका थिए । सोही समयमा भएको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत भएका थिए ।
खड्काले दर्जनौँ देश र धौलागिरि क्षेत्रका सबै क्षेत्रमा पुगेर पत्रकारिता गरेका थिए । उनले पुँवार खड्काको इतिहास नामक पुस्तकसमेत लेखेका छन् । कान्तिपुरमा समचार छ ।