जेठ ४ चुनावको निमिक्त उपयुक्त छ एमाले अध्यक्ष केपी ओली

माघ १९ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’,

उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको समेत आरोप लगाए छन ।

साथै ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताए । ‘यस्ता कुरामा अन्य देशमा हेर्ने हो भने मन्त्रीहरुले राजीनामा गर्नुपर्छ ।’उनको भनाई थियो