माघ २३: सरकारले भोलि सोमबार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि बस्ने मन्त्रिपिरषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन्।
पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले भने, ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर चुनावको मिति घोषणा गरिन्छ।’
पटक पटक जेष्ठ ४ गते चुनाव हुन सक्ने आकलन गरेतापनी आधिकारिक रुपमा चुनावको मिति तय नहुदा चौतर्फी समस्या रहेको निर्वाचन आयोगको गुनासो छ । जेष्ठ ४ गते नै हुने वा त्यो भन्दा अगाडि पछाडि सर्ने भन्ने बारे भोली आधिकारिक सुचना सार्वजनिक गर्ने सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।
यसअघि सरकार र निर्वाचन आयोगले आगामी जेठ ४ गने चुनाव गर्ने निर्णय गरेका थिए ।