माघ २५ : आज मङ्गलवार नेपालीमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलवार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।