फागुन १ :प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ।
भोलि (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने एमाले संसदीय दलले जनाएको छ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गराएपछि आफ्नो भावी रणनीति तय गर्न र आवश्यक निर्णय लिन एमालेले संसदीय दलको बैठक बोलाएको जनाइएको छ।
संसद बैठकमा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपाललगायत १४ सांसदको पद खारेजीको माग राखेर निरन्तर अवरोध सिर्जना गर्दै आएको छ।
सत्ता पक्षबाट एसिसी सम्झौताको प्रस्ताव संसदमा टेबुल गर्ने तयारी गरिरहेको र प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगसमेत लागेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने तयारीमा एमाले लागेको छ।
संसद बैठक यही फागुन ४ गते बस्दैछ।