फागुन १ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन् ।
केहि सञ्चार माध्यमका कुराकानी गर्दै राणाले विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो , लयातको प्रतिक्रिया दिएका छन ।
संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’
आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको बताउँदै उनले थपे, ‘मैले सुरुदेखि नै विधि र प्रक्रियाबाट जानुपर्छ भन्दै आएको हुँ ।
हामी विधि र प्रक्रियाबाट स्थापना भएका पदाधिकारी हौँ । त्यो भन्दाबाहेक गर्दा राम्रो हुँदैन भनेको थिएँ । मेरो दायित्व र कर्तव्य संवैधानिक हो । त्यसलाई पालना गर्न म सधैँभर तत्पर छु ।