अध्यक्ष बनेपछि कमल थापाको प्रतिक्रिया– ‘घर फर्किएका छौँ’

फागुन १ : अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै राप्रपा पार्टीबाट बाहिरिएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।

राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन।

थापाले आज आइतवार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको विज्ञप्तिमा उल्लेख छ ।