फागुन १ : देशभर पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गरिएको जाँचमा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज आइतबार ६ हजार ३७ पीसीआर परीक्षणमा ४९१ जना र ४ हजार ०७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २२ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५६, ०१२ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।