प्रधानमन्त्री देउवाले डाके कांग्रेस शीर्ष नेताहरुको बैठक

फागुन ९ः प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक डाकेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी डाकिएको हो।

बैठकमा संसदमा टेबुल भएको एमसीसी र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयले जनाएको छ ।

‘संसदमा टेबुल भएको एमसीसी र स्थानीय चुनावका विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ,’ सचिवालय स्रोतले अनलाइन नेपालसँग भन्यो, ‘पार्टी भित्रको अन्य विषयमा पनि छलफल होला।’

आइतबार सरकारले संसदमा एमसीसी टेबल गरेको छ । सत्ताको नेतृत्वकर्ता कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ ।