फागुन ३०ः नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिमाग खुस्केको थियो? भन्ने प्रश्नको जवाफ फर्काएका छन्।
प्रधानमन्त्री देउवाले नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहमा बोल्दै भीम रावलको केपी ओलीले एमसिसी संसदमा ल्याउँदा दिमाग खुस्किएका थियो? र अहिले विरोध गर्न भन्दै प्रश्न गरेका थिए।
त्यसको जवाफ दिँदै रावलले ट्वीटरमा लेखेका छन्, म केपी ओलीजी पहिलोपटकप्रधानमन्त्रि भएको बेला उप(प्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रम ओलीले एमसिसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन।
अतः मेरो सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ।’
एमसिसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई तथ्यगत रूपमा सार्वजनिक गरेको दाबी गरेका छन्।
नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसिसी सम्झौताका देश घाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जन आवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउनाले टाउको दुखेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो। थप बहस गर्ने इच्छा भए तयार छु।
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I
— Bhim Rawal, PhD (@BhimRawal179) March 14, 2022


















