फागुन ३०ः भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ।
भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइएको छ।
योसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १ सय ६८ रहेको अधिकारीले जनाएका छन्। सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको शून्य दशमलव ८ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३ सय ७७ संक्रमणमुक्त भएका छन्। नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म संक्रमणमणमुक्त भइसकेकाको संख्या ४ करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ। भारतमा कोरोना संक्रमणमुक्त दर ९८ दशमलव ७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ। एजेन्सीको सहयोगमा


















