चैत्र ६: नेपाल दलित मुक्ति सगठनको कर्णाली प्रदेश कमिटीको बैठक तथा निर्वाचन परिचालन अभियान सुर्खेतमा सम्पन्न भएको छ।
प्रदेश कमिटीका अध्यक्ष नीमबहदुर नेपालीको अध्यक्षता नेकपा ९एकिकृत समाजवादी० का उप(महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा उक्त बैठकमा समसामयीक राजनितिक बिषयमा छलफल भएको थियो ।
बैठकले सङ्गठनको दलित वस्तिमा जाऔ, नेकपा ९एकीकृत समाजवादी० को पक्षमा जनमत सिर्जना गरौ भन्ने नाराका साथ निर्वाचन परिचालन तथा सङगठन पुनर्जागरण अभियान देशब्यापी अभियान कर्णाली प्रदेशबाट शुभारम्भ गर्ने निर्णय गरेको हो ।
बैठकले कर्णाली प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीलाई स्थानीय निर्वाचन परिचालन कमिटीमा रुपान्तरण गर्ने, कर्णाली प्रदेशका १० वटै जिल्ला कमिटीको बैठकहरु आगामी चैत्र १५ गतेभित्र बस्ने , २५ गते भित्र सबै स्थानीय कमिटीहरु निर्माण गर्ने र ३० गतेभित्र हरेक वडामा दलित महिला उम्मेदवार छान्ने काम सम्पन्न गर्ने लगायतको निर्णय गरेको हो ।
साथै समितिले आगामी स्थानीय चुनाव लक्षित गर्दै सगठनको कार्यबिभाजन तथा आर्थिक परिचालन योजना निर्माण समिति समेत तयार गरेको छ, जनताको घरदैलोमा पुगेर जनता संग सहकार्य अन्तरक्रिया गर्ने लगायतको योजना तत्काल प्रयोगमा ल्याउने स्रोतको भनाई छ ।


















