चैत्र ६ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको वातावरण बन्दै जान थालेपछि गाउँ देखि शहरसम्म राजनीतिक पार्टीको चुनाव केन्द्रित गतिविधि बढ्दै जान थालेको छन् ।
निर्वाचन आयोगले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनय दर्ता मिति घोषणा भए संगै देश निर्बाचनको माहोलमा प्रवेश गरिसकेको छ।
नेताहरु घर गाँउ गाँउ पस्ने र कार्यकर्ता तथा जनता संग भेटघाट गर्ने कार्यक्रम बाक्लो हुदै गएको छ । देशभर आगामि निर्बाचनमा कुन पदको निमिक्त कस्लाई उमेद्वार बनाउने हो र पार्टीले कसलाई टिकट दिने होला भन्ने कौतुहलता आम नागरिकमा चुलिएको छ। चाहे चिया पसल होस् वा चौतारीहरुमा हिजो आजको छलफलको विषय बनेको छ राजनिति।

यसैबीच देशको राजधानी काठमाडौंको बूढानिलकन्ठ नगरपालिका समेत अबको नेतृत्व कस्तो होला वा पुरानै मुहार दोहोरिएला भन्ने कौतुहलता चुलिदै गएको छ , कुन पार्टी कुन ब्यक्तिको उपस्थितीले नगरपालीको बिकास र समृद्धि ल्याउछ भन्ने जनतामा समेत जिज्ञासा पलाएको छ , यसैबीच नेपाली कांग्रेसको तर्फबाट भने बूढानिलकण्ठ नगरपालिकामा उपमेयरकको टिकट कसले पाउला भनेर चर्चाचुलिदै गैरहेको समयमा एउटा सम्भावित नाम हो यूवा नेता रेखा परियारको।
चितवनमा जन्मिएका रेखा काठमाडौंको रैथाने जस्तै भैसकेको छन, सामाजिक काम बाट आफ्नो परिचय स्थापित बनाउदै आएका रेखाको नाम बुढानिलकण्ठ बासिको लागी अब नया नाम भने होईन , उनै रेखा यो पटक चर्चामा रहेका केहि आकांक्षीहरु मध्येको एक हुन ।
विध्यार्थी राजनीति क्षेत्रबाट सक्रिय हुदै नेपाल विधार्थी संघको केन्द्रीय सदस्य हुदै नेपाली कांग्रेस बागमती प्रदेशको केन्द्रिय सदस्यमा निर्वाचित भैसकेका रेखाल अहिलेको चुनावमा उपमेयरको दावि गरेका हुन । जिन्दगी प्रति आशा गुमाएर निरास हुदै आत्महत्याको बाटो रोज्नेहरुको निमिक्त आत्महत्या रोकथाम एवं मानसिक स्वास्थ्य क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन।
बूढानिलकण्ठ नगरपालिकामा युवा महिलाहरुको पनि सकृय सहभागिता एवं प्रतिनिधित्व हुनु आवश्यक रहेको बताउदै रेखाले हरेक क्षेत्रमा युवाहरुको सकृयता बढदै गईरहेको समयमा अबको स्थानीय निर्वाचनमा पनि युवाहरुको प्रतिनिधित्व हुनु जरुरी रहेको बताएकि हुन ।
बूढानिलकण्ठ नगरपालिकाले बालबालिका, युवा, महिला र जेष्ठ नागरिकहरुको लागि फरक किसिमको कार्यक्रम,कार्य योजनाहरु लिएर आफू मैदानमा उत्रने भन्दै परियारले दलित ,महिला र युवाको निमिक्त काम गर्ने सबैभन्दा बिश्वासिलो पात्र भएको दावी गरेका छन्।
बूढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा सानो उम्मेदवार भएता पनि,आफुले नगरपालिका बुझेको, गतिशील ,सिर्जनात्मक यूबा जोशले अब नगरपालिकाको नेतृत्व पाउनुपर्ने दावी गरेका हुन।
रेखासंगै ललिता देवि ,कमला खनाल, रिता बुढाथोकी,जया केसी
कृष्ण कुमारी बस्नेत समेत आगामी चुनावमा उपमेयरका आकांक्षीत ब्यक्तिहरु हुन ।


















