चैत्र ८ः आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्युगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो। पीएनजीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे। त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २ र २ विकेट लिए। त्यस्तै करन केसी, आरीफ शेख, दिपेन्द्र सिंह एरी, पवन शराफले समान १ र १ विकेट लिए।


















