सभापति देउवाविरुद्ध कोइराला समूहद्धारा नाराबाजी

चैत्र ११ः नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूह निकटका विद्यार्थीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा जाँदैगरेका प्रधानमन्त्री तथा सभापति देउवाविरुद्ध सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गतिविधि अराजक र पार्टीको विधि बिधान बिरुद्ध भएको भन्दै नाराबाजी गरेका हुन ।