चैत्र ११ः महिलामाथी हुने दुर्व्यवहारको घटना दिनप्रतिदिन बढ्न थालेको छ , महिला माथीको दुर्व्यवहार गाँउ देखि शहर सम्म बढिरहेको छ , चाहे घरमा होस वा कार्यालय र सार्वजनिक ठाँउमा महिलामाथी भएको विभेद र दुर्व्यवहार झनै डरलाग्दो बन्दै गईरहेको छ ।
यहीँ क्रममा गत राति काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।
ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ।
युवतिका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको बताइएको छ
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ।
ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ।


















