युक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धिभएको WTO को दाबि

चैत्र ११ः विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेका छन्।

उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ। खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताए। यसबारे हामी धेरै चिन्तित हुनुपर्छ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्छ, उनले भने।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य संकटका कारण ठुलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेका छन्। विश्वका धेरै देशमा खाद्य संकटसँगै उर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ। उर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेको जनाइएको छ।