चैत्र ११ : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङ यी तीन दिन नेपाल रहने छन।
उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।
केही बेर अगाडि मात्रै नेपाल आएका वाङ यीले नेपालमा रहुन्जेल शिर्ष नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


















