चैत्र ११ः नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ ।
पछिल्ला चार खेलमा पराजित भएको पिएनजीले अन्तत : नेपाललाई उसकै मैदानमा ६ रनले हराउँदै पहिलो जित हात पार्यो। पिएनजीले आफ्नो एकदिवसीय करिअरकै सर्वाधिक २ सय ९२ रन बनाएपछि जित सहज भएको थियो। जवाफमा नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमात्रै बनाउन सक्यो।
पाहुना टोलीविरुद्व नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाए पनि जित आत्मासाथ गर्नबाट भने नेपाल ६ रनले चुकेको थियो। नेपालले ब्याटिङ गर्दै एकदिवसीय करिअरमा बनाएको २ सय ८६ रन सर्वाधिक हो।
नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा युएईलाई सन् २०१९ मा २ सय ५४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपाले ४४.४ ओभरमा २ सय ५५ रन बनाएर पुरा गर्दै ऐतिहासिक जित निकालेको थियो। नेपाले पुन:अर्को इतिहास आफ्नो नाममा पार्न सफल भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसिय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो। उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको थियो। यसअघि पिएनजीले हङकङविरुद्व सन् २०१४ मा २ सय ६४ रन बनाएको थियो।


















