एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै

चैत्र १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदैछन् । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन ।

कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।