१२ वर्षीया बालिका बलात्कार आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

चैत्र १४ः कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही गाउँका ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी प्रशासनले आरोपित ५२ वर्षीय पुरुषको बारेमा थप जानकारि भने अनुसन्धान पछि मात्रै सार्वजनिक गर्ने भएको हो ।

प्रहरीका अनुसार हाल उक्त पुरुषलाई अनुसन्धान भैरहेकोले बाकी विवरण चाडै सार्वजनिक गर्ने बताएको छ । हाल बालीका र ५२ वर्षीय पुरुष दुबैजनाको परिचय गोप्य राखिएको छ ।