भर्चुअलमार्फत सभापति देउवाले कांग्रेस मुगुको कार्यालयको उद्घाटन गर्दै

चैत्र १४ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत का‌ंग्रेस मुगुकाे पार्टी कार्यालयकाे उद्घाटन गर्ने भएका छन् ।

कांग्रेस पार्टी कार्यालय मुगुकाे नव निर्मित विपी स्मृति भवनकाे साेमबार दिउँसो २ बजे भर्चुअल मार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भाैतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिकाे सदरमुकाम शालिक लाई उद्घाटन गर्ने कार्यक्रम रहेकाे थियाे ।

सभापति शाहिले भने , प्रधानमन्त्रीकाे कार्य ब्यस्तताले भाैतिक रुपमै उपस्थित नभएर पनि भर्चुअल मार्फत कार्यालय र शालिककाे उद्घाटन गर्ने कार्यक्रमकाे तय भएकाे नेपाली कांग्रेस मुगुले जनाएकाे छ ।