चैत्र २४ : च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियलले साविक विजेता तथा इंग्लिस क्लब चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो ।
चेल्सीको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गरे । खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
खेलको ४० औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए । तर, खेलको ४६ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३-१ को जित दिलाए ।
यस जितसँगै रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
दोस्रो लेग आगामी अप्रिल १३ मा हुनेछ । खेल रियलको मैदानमा हुनेछ ।


















