आयोगको आचारसंहिताको ६ विषयमा एमालेले जनायो असहमति

चैत २४ः निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा नेकपा एमालेले असहमति राखेको छ ।

बिहीबार एमाले पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो।

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो।