वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने

चैत्र २७ : वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज (आइतबार) बसेको बैठकमा ब्याज नबढाउने भद्र सहमति गरेका हुन् ।

यस अनुसार वैशाखका लागि निक्षेपमा ब्याजदर ११ दशमल शून्य ३ प्रतिशत नै लागू हुने भएको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् ।

राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न निर्देशन दिएको थियो ।