वैशाख ४ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ।
जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्नेगरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने र गराउने व्यवस्था मिलाउन बोर्डले सबै विद्यालयलाई निर्देशन दिएको हो।
विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को ९२० बमोजिम बोर्डले तोकेको मापदण्डअनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोहीअनुसार गर्नरगराउन निर्देशन दिइएको सूचनामा उल्लेख छ।
‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ ९१० ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापनरशाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउने जानकारी बोर्डले दिएको छ।



















