जेठ ११: राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाप्रति गम्भिर ध्यानर्कषण भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटना घटेको भनी विभिन्न संचार माध्यम तथा सामाजीक संजालहरुमा सार्वजनीक भइरहेका घटनाहरुप्रति गम्भिर ध्यानर्कषण भएको जनाएको हो ।
आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन पनि दिएको छ । यौन हिंसा र बलात्कारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको हो ।


















