जेठ २३ः प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

सोमबार बिहान गठबन्धन दलका नेताहरुबीच बैठक भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको श्रोतले बताएको छ ।
सोमबार बिहानको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि थिए।
त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए । बैठकमा आगामी चुनाव र सत्ता गठबन्धन थप बलियो बनाएर लैजाने बारे छलफल केन्द्रित भएको त्यहाँ सहभागी एक नेताले जानकारि दिएका छन ।















