समयमै काम नगर्ने २१ कम्पनी सार्वजनिक खरिद अनुगमनको फन्दामा

असार २ः सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालयले असार १ गते निर्णय गरी कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार तथा आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्म कालोसूचीमा परेका हुन् । कालोसूचीमा पर्ने कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा पर्ने कम्पनीमा श्री पी यू कन्स्ट्रक्सन, श्री मुक्तिनाथा रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, श्री प्रवृक्षा निर्माण सेवा एण्ड सप्लायर्स, सन्तुष्टि कन्स्ट्रक्सन लगायतका रहेका छन् ।

यी हुन् कालो  सूचीमा पर्ने कम्पनीहरू :