चुनावी तालमेलले धेरै सिटमा जित भएको कांग्रेसको निष्कर्ष (पूर्ण पाठसहित)

असार १६  : नेपाली कांग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिटमा जित निकाल्न सफल भएको निष्कर्ष निकालेको छ ।
समितिले अहिलेको चुनावमा तालमेलकै कारण धेरै सिट जित्न सफल हुनुलाई आधार मान्दै आसन्न निर्वाचनमा समेत गठबन्धन गर्नु उपयुक्त हुने सुझाव दिएको छ । कांग्रेसले आफू नेतृत्वको गठबन्धन हुँदा राष्ट्रिय एकताको सन्देश गएको दाबी गरेको छ ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/Congress.pdf”]