असार २०ः रुपन्देहीमा पेस्तोलसहित ३ भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गएराति ईलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देही कार्यालयबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीलाई शंका लागेर पछ्याउँदै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट मोटरसाइकल चालक भारतको सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, पछाडि सवार ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई पक्राउ गरेको रुपन्देहीका प्रहरीले जानकारी दिएका छन्।
हुसेनको दाहिने कम्मर पेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ।
प्रहरीले पछ्याएको थाहा पाएपछि उनीहरु सवार मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिँदा बसपार्कमा दुर्घटना भएको थियो । दुर्घटनामा तीनै जना घाइते भएका छन्।


















