भारतीय दूतावासमा भारतीय प्रहरीद्वारा आत्महत्या

असार २० : काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा एक भारतीय प्रहरीले आत्महत्या गरेका छन्।

आज (सोमबार) बिहान साढे ६ देखि ७ :३० बजेको बीचमा दूतावासभित्र ड्युटीमा रहेको ती भारतीय प्रहरीले आफैंले गोली चलाएर आत्महत्या गरेको स्रोतको भनाई छ।

उक्त घटनाबारे सत्यतथ्य बुझ्न नेपाल प्रहरी अपराध महाशाखाको टोली दूतावासभित्र प्रवेश गरेको छ।सो घटनापछि दूतावास बाहिर रहेको कर्मचारीहरुलाई दुतावासभित्र पस्न नदिइएको स्रोतको भनाइ छ।

घटना किन र कसरि घट्यो भन्ने बारे केही जानकारि हुन नसकेको प्रहरीको भनाई छ । घटनाबारे प्रहरीको उच्च चासो रहेको समेत भनाई छ ।