बाजुराको बुढिगंगा नगरपालिकामा भोलि निर्वाचन हुने, सम्पूर्ण तयारी पूरा

असार २२ : बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । असार २३ गते हुने मतदानका लागि  सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन कार्यालय बाजुराका अनुसार कर्मचारीसहित सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्र रहेको मतदान स्थलमा पुगिसकेका छन्। बुढिगंगामा १ हजार सुरक्षाकर्मी परिचालित गरिएको छ ।

१० वटा मतदान स्थल रहको यस पालिकामा हरेक मतदान स्थलमा १ सय जना सुरक्षाकर्मी परिचालित गरिएको प्रहरीले जनाएको छ । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि वैशाख–३० मा भएको निर्वाचनमा निर्वाचन आयोगले धाँधली भएको भन्दै बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।