साउन ५ः अर्थमन्त्रीबाट राजिनामा दिएर बसेका जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति लगेको आरोप झुटो भएको बताएका छन् ।
आज बिहान संसदीय छानविन विशेष समितिको बैठकमा उनले संसदमा बजेट पेश गर्नुको अघिल्लो रात अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गर्दै यो सव झुटो आरोप भएको बताएका छन् ।
संसदीय छानविन समितिमा बयान दिन सिंहदरबार पुगेका उनले आर्थिक वर्ष २०७९ र ८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी दोहोर्याएका छन् । ‘अर्थ मन्त्रालयमा सुरक्षाकर्मी र मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना हुँदैन उनले भनेका छन् ।
त्यसक्रममा उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने पनि बताए । अनधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
















